भाइबरमा अब नेपाली भाषाका स्टिकर

भाइबरले नेपाली भाषामा आफ्नो पहिलो स्टिकर ल्याएको छ। नेपालमा टुबोर्गसँगको सहकार्यमा पहिलो स्थानीयकृत स्टिकर परियोजनाको सफलतापछि नेपाली भाषाको स्टिकर ल्याएको कम्पनीले जनाएको छ। यसमा प्रयोगकर्ताले म्यासेज मार्फत नेपाली स्टिकर आदान प्रदान गर्न सक्ने छन्। 
 
विश्वभर ७ करोडभन्दा बढी प्रयोगकर्तामध्ये नेपालमै ४५ लाख सूचीकृत प्रयोगकर्ता भएको कम्पनीले जनाएको छ। केही वर्षयता भाइबरले नेपालमा आफ्नो बजार विस्तारको योजनालाई प्राथमिकतामा राख्दै आएको छ। 
 
नेपाली ग्राहकको रुचीलाई ध्यानमा राख्दै यहाँका विभिन्न कम्पनीसँग सहकार्य गर्दै केही महिनामा नै नेपालभर अन्य सेवा विस्तार गर्ने योजना बनाएको भाइबर दक्षिण एसियाका क्षेत्रीय प्रमुख अनुभव नैय्यरले बताए।  
 
हालै पब्लिक च्याट सेवा सुरु गरेको भाइबरले नेपाली सफलता प्राप्त गर्दै गएको कम्पनीले जनाएको छ। पब्लिक च्याटको सफलतापछि नयाँ अफर ल्याउने तयारी गरिरहेको नैय्यरले बताए। 
 
‘प्रयोगकर्ताले आफ्नो भाषामा भावना व्यक्त गरुन् भन्ने हिसाबले हामीले नयाँ स्टिकर प्याक ल्याएका हौँ,’ नैय्यरले भने, ‘कम्पनीका लागि नेपाल एक प्राथमिक बजार भएकाले भविष्यमा थप लगानी गर्ने र नयाँ अफर ल्याउने योजना तर्फ केन्द्रीत रहेका छौँ।’
Previous
Next Post »